के मन पर्छ के पर्दैन
A Place for Young Minds to Embrace Nepalese Heritage
बृष्टि
मन पर्छ माया,प्रेम, राम्रो कुराकानी
मन पर्दैन कलह र रिसाउने बानी॥
मन पर्छ अष्ट्रेलिया नेपाल छ खास
मन पर्दैन कोरोनाले फैलाएको त्रास॥
मन पर्छ शान्तसँग बगैंचामा डुल्न
मन पर्दैन सधैंभरि आईप्याडमा भुल्न॥
मन पर्छ स्कूल जान, खेल्न साथीहरु
मन पर्दैन अल्छी गरी सुत्न त्यति बरू॥
मन पर्छ कुर्ची टेबल मिलाएको तर
मन पर्दैन भद्रगोल बनाएको घर॥
दुधपोखरी-२, लमजुङ्
हालः सिड्नी, अष्ट्रेलिया