Welcome to Pathashala
A Place for Young Minds to Embrace Nepalese Heritage
Enroll Your Child TodayOver 100+ kids already enrolled!


Pathashala Australia is a community-driven initiative focused on connecting the next generation of Nepalese Australians with their rich cultural heritage. We provide a platform for students to learn the Nepalese language, arts, and traditions while embracing multiculturalism in Australia. With branches across multiple regions, we aim to foster a strong sense of identity, pride, and community in the hearts of our students.
Our Mission
Pathashala aims to bridge the gap between generations by imparting the cultural and linguistic values of Nepal to school-going children of Nepalese origin. We strive to preserve Nepalese heritage while preparing our students to thrive in a globalized world.
Our Vision
We envision a generation of young individuals who not only can speak in Nepali but also proud of their roots and culture. Through our programs, we aim to build confident, well-rounded leaders who embrace both their heritage and the diverse world around them.
Why Pathashala Matters
Our school is an extension of the community’s shared values.
As the Nepalese diaspora in Australia continues to grow, Pathashala is here to ensure the younger generation is rooted in their culture while being open to the world. By teaching the language, art, and traditions of Nepal, we aim to create future leaders who celebrate both their Nepalese and Australian identities.

President's Message

पाठशाला केवल भाषा पढाउने विद्यालय होइन, यो हाम्रो छोराछोरीलाई हाम्रो मौलिकता कहिल्यै हराउन नदिने सामूहिक प्रतिबद्धता पनि हो । किनभने हामीलाई लाग्छ, भाषा केवल शब्द मात्र होइनन्, यो हाम्रो अस्तित्वको मुटु पनि हो ।
हामीलाई थाहा छ, यदि हामीले हाम्रा सन्ततिलाई हाम्रोपन दिन सकेनौं भने, भविष्यका पुस्तासँगको सम्बन्ध कमजोर हुन्छ र सन्ततिले आफ्नो चिनारी धमिल हुँदै गएको महशुस गर्नेछन् । हाम्रो सामुहिक संकल्प छ, हामी त्यो दिन आउन दिने छैनौँ ।
हाम्रो यही सामुहिक संकल्प बीच पाठशाला अष्ट्रेलियाको स्थापना भएको हो । हामी चाहन्छौँ, हाम्रा नानीबाबुहरुले आफ्ना आफ्न्तसँग नेपालीमा सम्वाद गर्न सक्ने होउन् । हामी चाहन्छौ, हाम्रा सन्ततिहरुले हाम्रो संस्कृति र कलाको संरक्षण गरी आफ्नो परिचयलाई जोगाएर राखुन् । हाम्रो कामना छ, पाठशाला, हाम्रो दोस्रो पुस्तालाई संस्कार र भाषासँग जोड्ने पुल बनोस्, ताकि समयले हामीबीच पर्खाल खडा नगरोस् ।
यही पुल निर्माणको इट्टा स्वरुप पाठशाला अष्ट्रेलियाले सुरु देखि नै विभिन्न समय र पर्वहरुमा सांस्कृतिक कार्यक्रम, कला कार्यशाला, नृत्य, नाटक र गीत–संगीतमार्फत नेपालीपनलाई जगेर्ना गर्ने प्रयास गर्दै आएको छ । हाल Bardia, Maitland, Tamworth र Central Coast गरी चार वटा शाखाहरु मार्फत पाठशालाले आफ्नो कार्यक्रमहरु गर्दै आएको छ ।
साना नानीबाबुहरुले नेपाली झण्डामा रंग भर्दै गर्दा होस् या कुनै समारोहमा राष्टिय गान गाउँदै गर्दा, देउसी गाउँदा होस् या कुनै साहित्यक कार्यक्रममा कविता पाठ गर्दा, हामीलाई सन्तोषको आभाष हुन्छ र लाग्छ, यी सब हाम्रा सामूहिक संकल्पका प्रतिबिम्ब हुन् । हामीले खेल्ने होली होस् या सरस्वती पूजा, साँस्कृतिक प्रस्तुति होस् या कला कार्यशाला, यी कार्यक्रमहरूले भाषामात्र होइन, हाम्रो गर्व, आत्मीयता र समुदायप्रतिको भावना समेत बचाइरहेका छन् । यी केवल कार्यक्रम मात्रै होइनन्, हाम्रा छोराछोरीलाई पहिचान र इतिहाससँग गाँस्ने डोरी पनि हुन्। यिनै साना तर गहिरा क्षणहरूले पाठशालाको अस्तित्वको सार सम्झाउँछन् ।
हाम्रा यी सपनाहरुलाई मूर्त रुप दिन निस्वार्थ अहोरात्र खटिनुहुने सबै संयोजकज्यूहरु, पाठशालाको स्थापना पूर्व देखि हालसम्मका सम्पूर्ण शिक्षकशिक्षिका र स्वयंसेवकज्यूहरु प्रति हृदयदेखि अनुग्रहित छौँ । उहाँहरुको लगातार साथ, समपर्ण र लगावले मात्र हामी हाम्रा कक्षा र कार्यशालाहरु सञ्चालन गर्न सक्षम भएका हौ ।
त्यस्तै हामीलाई विश्वास गरेर नानीबाबुहरुलाई नियमित रुपमा पठाउनुहुने अभिभावकहरु तथा दिलदेखि सहयोग गर्नुहुने समुदायका सदस्यहरु धन्यवादको पात्र हुनुहुन्छ । हात हातमा मोबाइल, काख काखमा कम्युटर अनि भित्ता भित्तामा उपलब्ध टेलिभिजनका पर्दाहरुलाई छाडेर सप्ताहन्तको सबेरै आफ्ना नानीबाबुहरुलाई नेपाली कक्षा सम्म पु¥याउन सजिलोे पक्कै छैन । यो धैर्य र सामथ्र्य गर्नुहुने सम्पूर्ण अभिभावकहरु प्रति पाठशाला परिवार धन्यवाद ज्ञापन गर्दछ ।
अन्ततः, पाठशालालाई औपचारिक रुपमा संस्थागत गर्न संयोजन गर्ने यो अवसर र विस्वास गर्नुभएकोमा सम्पूर्ण अभिभावक, शुभचिन्तक तथा समाजका अगुवाहरु प्रति अनुग्रहित छु । यी स्मृतिहरूलाई जीवन्त राख्न पहिलो पाठशाला स्मारिका प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छु । यो पुस्तकले हामीले हिँडेका पाइला सम्झाउने मात्र छैनन्, भविष्यमा सम्पूर्ण समुदायलाई अझै ठूलो पुल निर्माण गर्ने प्रेरणा दिनेछ भन्ने कामना गर्दछु ।
यो यात्रामा साथ दिनु भएकोमा सबैमा हार्दिक धन्यवाद।
प्रकाश बस्ताकोटी
अध्यक्ष
Latest News & Events
के मन पर्छ के पर...
20 July 2025 | Children Articles
बृष्टि मन पर्छ माया,प्रेम, राम्रो कुराकानी मन पर्दैन कलह र रिसाउने बानी॥ मन पर्छ अष्ट्रेलिया नेपाल छ खास मन पर्दैन…
Read Moreदुई संस्कृतिको...
20 July 2025 | Children Articles
सिमोल दुई संस्कृतिको बीचमा बाँच्दै अष्ट्रेलियामा नेपाली बोल्ने बालकको रूपमा हुर्कनु एक अनौठो र समृद्ध अनुभव हो। यो केवल मैले…
Read MoreReady to Join?
Start your journey with Pathshala Australia today and help your child connect with their heritage through language.
